अब कांग्रेस र एमाले एक हुनु जरुरी छ

अबका दिनमा यदेि यसरि नै राज्य सञ्चालनमा खिचातानि गरि ठुला दलहरु अर्काको मुठ्ठिमा बसि कांग्रेसले एमालेलाई लान्छना लगाउने र एमालेले कांग्रेसलाई लाञ्छना लगाई साना दलको गोटिमा घुमिरहने हो भने ठुला दलको के अस्तित्व रहला दुवैका शिर्ष नेताहरुले बुझनु जरुर भैसकेको छ । हुनत एमाले र कांग्रेसको सिद्धान्त मिल्दैन होला त्यो आफनो ठाउमाँ छ तर राज्यका लागि अब कसरी कसले सत मार्ग दिलाउने त ? यस्ता बिषयमा जनताले नैरास्य भई अब कांग्रेस र एमाले शसक्त रुपले नेपाली जनतालाई राहतको अनुभुति दिलाउन संयुक्त भएर सरकार बनाउनु नितान्त जरुरी भैसकेको छ । २०४६सालको जन आन्दोलनका मुख्य दलहरु आज यसरी बिखण्डन गरि देशको हरेक बिकास निर्माणदेखि कल कारखाना सवै बिलिन हुन जानुमा जनताले यहि ठुलादलका दुई नेतालाई गेय गरिरहेका छन । जनता धेरै नैरासश्यमा चढि सकेकाले अबका दिनमा कसरी देश अगाडि बढ्छ बिकास निर्माण गर्न सकिन्छ आदि ईत्यादि बिषयमा सोच ब्दलिनु पर्छ भन्दै साना दलको गुलामि गर्ने तर्फ नलाग्न जनताले आग्रह गरिरहेका छन । के यसरी नै नेपाली कांग्रेस र एमाले बिच खडवड गरी रहेर आफनो पोल्टाको मकैको फाको अरुलाई सुम्पि रहदाँ ठिक होलात ? जनताले तपाईहरु दुई पार्टिलाई यसरी ठुला दल बनाई दिएको उपजमा जनतालाई कसरी ऋण तिर्नु हुन्छ र आगामि २०८४ मा के नजिर बोकेर फेरि गाउंमा जनता सामु भोट माग्न जानु हुन्छ ,जनताका भावहरुहरुले नकारात्मक धारणाले नेताहरु प्रति खेद गरिरहेका छन ।

यस विषयमा पनि यी ठुला दलले बडो गम्भिरताका साथ होस पुर्याउनु जरुरी छ । देशमा आर्थिक मन्दिले सताई रहेको छ । पढे लेखेका युवाहरु दैनिक रुपमा हज्जारौ बिदेश गइरहेका छन । के यो सत्ताधारि नेतालाई कि थाहा नभईको हुनु पर्छ कि पलायन होउँन भन्ने उदेश्य होला । देशको अवस्था हेर्ने हो भने आज राजनितिक दलहरुले सहि गन्तव्य राष्ट हितमा नलिएका र पदिय भाग बण्डामा अग्रसरता भएका कारणले घुस भ्रष्टाचाले सिमा नाघ्न पुगेको हो । विश्व सामु हामिले अहिलेको अवस्थामा नेपालिको पहिचान दिन पनि लज्जित बन्नु परेको छ भन्दा फरक पर्दैन । किनकि राज्य सत्तामा बसेर कति सम्म लोभ लालचमा डुवेका रहेछन र सानो डेरा कोठामा बसेकाले छिठ्टै आयस आरामको बङगला बनाउनु । जग्गा जोडनु आदि ईत्यादि बिषयले कति लाज मर्दो भई भ्रष्टाचारमा मुछिन पुगि जेलमा बस्नु पर्दा देशका लागि कति घातक छ यो बढो गम्भिरका साथ ठुला दल नेपालि काङग्रेस र एमाले राजनितिदलहरुले बुझ्नु जरुरी छ । यदि राष्टलाई सच्चा ईमान्दारित्व देखाउने हो भने यी दुईटा ठुला दलले कम्मर कसेर अब राष्ट हामी हाक्छौ ।हामी एउटै आमाका सपूत छोरा वन्नु पर्छ, हाम्रि आमा रोई रहेकिछिन ।हिजो सम्म हामि दुई भाईले तिनै आमाको दुधको लाम्टो चुसेर हुर्क्यौ बढ्यौ र यहाँसम्म आउने मौका पायौ त तिनै आमाको श्रेयले नै हो भन्ने कुरा प्रति अब झंसग हुन थालेका छौ त्यसैले भाइ फुटे गवार लुटे भयो यो देशमा । यति सानो देशालाई सातवटा प्रदेश बनाउनु भनेको बिखण्डन ल्याउनु हो भन्ने जनताका ठोकुवा बचन गुञ्जिरहेको छ । किनकि तराईबासिलाइ नेपाली नागरिकता दिनु नै राज्य अरुलाई सुम्पनु हो भन्ने सवैको अनुमान रहेको छ । यो सात प्रदेश खारेजगरि दिएमा राज्यको अर्थतन्त्रमा पनि सहज हुने थियो । यस बिषयप्रति पनि नेपाली कांग्रेस र एमालेबिच छलफल गर्नु नितान्त जरुरी भैसकेको छ। अवका दिनमा सकिन्छ भने बिदेशिएका युवालाई समेत नेपाल फर्ईका रोजगारिका अवसर दिनु पर्यो । बिदेसशएका युवालाई सकिँदैन भने नेपालमा रहेका एक घर एक रोजगार दिई जनतालाई शुसासनको अनुभुति दिलाउनका लागि दुई ठुला दलवाट यस्ता विषयलाई निराकरण गर्न आन्तरिक पहल चाल्नु पर्ने भैसकेको छ। यो रोजगारिको बिषय बडा गम्भिरताको बिषय वनेको छ । दुई ठुला दलवाट यो कदम चालिने हो र दुई भाईले बखेडा नझिकि एक हुने हो भने हर किसिमवाट राज्य अगाडि वढने थियो भन्ने जनताको ठुलो अपेक्षा रहेको छ । शासन चाहियो जनताले आफना न्यायकालागि जति लडदा पनि न्यायोचित माया नपाएकोले यिनै दुुई दलले लडाई गरेर ल्याएको राज्यनितिमा आफै फेल खानु भनेको एमाले र कांग्रेसकोलागि पश्चाताप पक्कै हुनु पर्छ । भाईभाई नमिल्दा आफ्नो योगदान एवं पौरख अरुले हात पार्नु स्वभाविक‌ हो । किनकि हामि हामी कसरी मनमुताव हुन पुग्यो । त्यस विषयमा नेपाली कांग्रेस र एमालेले अब गहन नभएमा राज्यले कोल्टे फेर्ने पो हो कि जनतावाट आवाज आउन थाली सकेको छ । अब पनि नेपाली कांग्रेस र एमाले साझा दौतरि बनेर जनतालाई राहतको अनुभूति दिलाउन नखोज्ने हो भने आगामि दिनमा पछुतो पर्न सक्दछ । पुरानो राजनितिमा धक्का लाग्ने मैले अनुमान गरेको छ । नेपाली जनतावाट दुईदलको धार मिलोस् या नमिलोस् अबका दिनमा राज्य सञ्चालन गरेर जनताका मंनोकाक्षा वुझ्न घर दैलो गरेर माफि माग्नु जरुरी छ । बरु कांग्रेस र एमाले संयुक्त रुपमा साठगाठ गरी स्थिर सरकार बनाएमा जनताका लागि नेताको श्रेय बढ्न जानेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *