संवैधानिक परिषद्को बैठक आज

काठमाडौं । सत्ता समीकरण उलटफेर भएपछि पहिलो पटक आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्रीसमेत रहेका परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि बैठक बोलाएका छन् । आज बस्ने परिषद्को बैठकमा ११ महिनादेखि रिक्त महालेखापरीक्षक नियुक्तिबारे छलफल हुनेछ ।

तत्कालीन महालेखापरीक्षक टंकमणि शर्मा दंगालले गत जेठ ८ गतेबाट ६ वर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि महालेखापरीक्षकको कार्यालय कार्यवाहकको भरमा चलेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *