नेत्रज्योति संघ ४६ वर्षमा प्रवेश

काठमाडौं । नेपाल नेत्रज्योति संघ मंगलबारदेखि ४५ वर्ष पूरागरी ४६ वर्षमा प्रवेश गरेको छ । संघले चार करोड ३६ लाख नागरिकको निःशुल्क आँखाको उपचार गरेको छ । सन् २०२३ मा संघले ३३ लाख ६ हजार २६ जनाको आँखाको उपचार र दुई लाख ६५ हजार ८८५ जनाको आँखाको शल्यक्रिया गरेको थियो । त्यसमध्ये आठ लाख पाँच हजार ३१६ जना विदेशी नागरिक रहेको संघले जनाएको छ ।

सन् २०२३ मा संघ मातहत रहेका २८ वटा आँखा अस्पताल र १५६ आँखा उपचार केन्द्रबाट आठ लाख पाँच हजार विदेशी नागरिकले उपचार सेवा लिएको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिए । विदेशमा रहेका नेपालीहरूलाई समेत सेवा दिन संघले ओमान, भुटान थाइल्यान्ड, मलेसियालगायतका मुलुकमा स्वास्थ्य शिविरको तयारी गरिरहेको चन्दले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *