नेपालले आयरल्याण्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । जारी अभ्यास खेलमा नेपालले आयरल्याण्ड ‘ए’ (वोल्भ्स) लाई १९९ रनको लक्ष्य दिएको छ ।

जारी सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाउन सफल बन्यो । नेपालका लागि गुलशन झाले सर्बाधिक ४६ रन बनाए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र बिबेक यादवले ७ रन बनाए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *