सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३०० रूपैयाँले घटेको हो । 

आज छापावाल सुन तोलाको एक लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको एक लाख २५ हजार ८०० मा कारोबार भएको छ ।  सोमबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको १ हजार ५०५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ५१५ मा कारोबार भएको थियो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *