आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए पराजित

काठमाडौँ । पहिलो टी-२० अभ्यास खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । जारी टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो ।

आज (शुक्रबार) भएको खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै २०१ रन मात्र बनाएको थियो । नेपालका लागि लोकेश बमले १०६ रन बनाएका थिए । उनले मात्र ५५ बलको मद्धतमा १०६ रन बनाएका थिए । त्यसैगरी आरिफ सेखले ४९ रन बनाए । त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले १८ रन बनाएका थिए ।

योसँगै सिरिजमा आयरल्याण्ड वोल्भ्सले १-० को अग्रता लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *