नेपाल ए लाई आयरल्याण्ड वोल्भ्सले दियो २२३ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए लाई पहिलो टी–२० अभ्यास खेलमा आयरल्याण्ड वोल्भ्सले २२३ रनको लक्ष्य दिएको छ ।

जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको थियो । आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । बर्षाका कारण खेल हुन नसकेपछि क्यानले सार्बजनिक गरेको नयाँ तालिका अनुसार आज पहिलो खेल हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *