यूकेको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमास्थित अग्रणी शैक्षिक संस्था मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग महत्वपूर्ण साझेदारीको समझदारीपत्रमा हस्ताक्षर गर्यो । सहकार्यले मनास्लु स्कुलका बिद्यार्थीहरूलाई डिजिटल शिक्षाका अग्रणी संस्था एनसीसी एजुकेशन, युकेको विश्वस्तरीय कम्प्युटर पाठ्यक्रममा पहुँच प्रदान गर्नेछ। मनास्लु स्कुलले प्रगतिशील शिक्षा प्रणाली लागु गरि STEAM शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणित) विषयहरुमा बिशेष ध्यान केन्द्रित गरेको छ।

डिजी स्कुल कम्प्युटर पाठ्यक्रम अपनाएर, मनास्लु स्कूलले आफ्ना विद्यार्थीहरूलाई कोडिङ, कृत्रिम बुद्धिमत्ता (AI), रोबोटिक्स, इन्टरनेट अफ थिङ्गस (IoT) लगायत सूचना प्रविधि (ICT) का अन्य विविध विषयको नवीनतम ज्ञान र कौशल प्रदान गर्नेछ। मनास्लु स्कुलका सीइओ, नरेश प्रसाद श्रेष्ठ भन्नुहुन्छ, हामी यो साझेदारीले ल्याउने सम्भावनाहरूबारे उत्साहीत छौं । डिजीस्कुल कम्प्युटर पाठ्यक्रमलाई हाम्रो शैक्षिक कार्यक्रममा नवीनतम र गुणस्तरीय समग्र शिक्षा (Holistic Education) को अनुभवबाट प्रत्येक बिद्यार्थिको प्रतिभा र अन्तर्निहित क्षमतालाई सशक्त गर्दै लग्ने मनास्लु स्कुलको प्रतिवद्धतालाई डिजीस्कुलसंगको यस सहकार्यले थप पुष्टि गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *