केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा गठबन्धन बन्छ ः कोइराला

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिनाभित्रै वर्तमान सत्ता गठबन्धन टुट्ने दाबी गरेका छन् । उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने जिकिर गरेका हुन् । विपक्षी भएको नाताले कांग्रेसले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने नेता कोइरालाको भनाइ थियो । फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिनापछि । पक्कै बन्छ । किन हामी विपक्षमा छौँ, उनले भने, “हामी कोसिस गरिराखेका हुन्छौँ सत्तामा जानका लागि । त्यो स्वाभाविक हो ।

उनले गठबन्धन बन्ने र भत्कने विषयले देश नबन्ने बताए । यसलाई रोक्न निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत उनले गरे । यसरी देश अगाडि बढन सक्दैन । हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि कुनै पनि दलको बहुमत आउनै सक्दैन । गठबन्धनमा जानैपर्ने हुन्छ । राष्ट्रियसभामा समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने प्रणाली अवलम्बन गरे मात्र कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिन सक्ने नेता कोइरालाले बताए । आउँदो निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने उनको भनाइ छ । नेता कोइरालाले पीडितमैत्री भए मात्र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न कांग्रेसले साथ दिने स्पष्ट पारे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *