प्रचण्ड, ओली र देउवा टीआरसीका विषयमा छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)का विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । टीआरसीका विषयमा सहमतिमा पुग्न नेताहरू छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *