आयरल्यान्ड ‘ए’ लाई जितका लागि २१४ रनको लक्ष्य

काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि २१४ रनको लक्ष्य दिएको छ

जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो । नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाएका थिए । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *