धमिरा २०८०

नवुझ्ने धमिराले के पायो र के खायो ?
बुझ्ने धमिराले देशै निल्यो चपायो ।१

आमा भन्छिन धमिरा हटाउ बाबु अब
बाबा भन्छन धमिरा डाडां कटाउँ तब ।२

टोड्कामा धमिरा भूं भूं गरेर उड्दछ
भोड्का तान्ने धमिरा सुं सुं गरेर लड्दछ ।३

देख्ने धमिराले देखे जति निल्दछ
देख्नै नहुने बस्तु पनि धमिराले चिल्दछ ।४

हिडने धमिरा त्यो गाडिमै पनि कुद्धछ
उज्यालो देख्नै नहुने धमिरा जहापनि सुत्दछ ।५

पाखुरा सुर्काउने धमिराले बलियो छु म भन्दछ
राज्य चलाउने धमिराले भागवण्डा गन्दछ ।६

भन्छन सेती काली गण्डकिमा धमिरा बगाउँ
देश खोक्रो पारी सक्यो यसलाई ठिंगुरा लगाउँ ।७

कति खाईसक्यो यसले अझ खाने बिचारका
पापि रैछन ई धमिरा सोझा जनता निचरेका ।८

गरिवका छोरा छोरी धमिराले गर्दा आज
पराईका शरणमा छन् धमिरालाई छैन लाज ।९

बुढा बुढी धमिराको आज्ञा पालन गरी बस्दछन
छैन कमाई भने पनि धमिराले किन डस्दछन ।१०

पराईको शरणबाट कमाई ल्याएका धन
जे ल्याए पनि लुछ्ने धमिराका कस्तो मन ।११

धेरै रैछन पापि धमिराका थरी थरि सन्तान
पाएका रैछन धमिराले ईश्वरकै बरदान ।१२

मुसो नछिर्ने प्वालबाट कसरी छिरो सुन
धमिराका पनि जम्माजाल रहेछ भन्ने हुन ।१३

भारीका भारी सुन लुकाउने धमिरा ई नै हुन
नौंटकि गरि फसाउँछन पारे गरीवलाई रुन ।१४

राज्यका मोहित बेच्ने काला धमिरा भए
शरणार्थि बनाई पठायौ हासि खुसिले गए ।१५

धमिराका पनि जब सदबुद्धि फिरोस मिलोस्
रक्षा गर प्रभु अब धमिराका आँखा खुलोस् ।१६

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *