भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिम गुजरातलाई हराउँदै फाइनलमा

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ ।

जारी फ्रेन्डसिप कप अन्तर्गत टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो । बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको हो । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ८५ रन बनाएका थिए । यता कुशल भुर्तेलले ५४ रन बनाएका थिए ।

त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए । यो जितसँगै नेपाल फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *