आरजु राईस मिलद्वारा बास्नादार चामल सार्वजनिक

काठमाडौं । आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री वितरण सुरु गरेको छ । यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङ ग्रेन चामल नाम दिइएको छ । मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा यस चामलको औपचारिक बिक्री सुरुवात घोषणा गरेका हुन् । एभरेष्ट चामलको शुभारम्भ गर्दै बस्नेतले भने, ‘हामीले धेरै मेहेनेत गरेर नेपाली किसानको मात्र धान किनेर त्यसलाई आम उपभोक्ता माझ पुर्याएका छौं । उनले यस चामलको मूल्य विदेशबाट आयाति चामलको दाँजोमा निकै सस्तो हुने प्रतिवद्धता पनि व्यक्त गरे ।

आयातित लंग ग्रेन भन्दा स्वादिस्ट र उच्च एभरेष्ट सुपर लङग्रेन स्टीम र एभरेष्ट लङग्रेन स्टीम (तिब्बर) सार्वजनिक गरेको छ । आयातितको तुलनामा यस चामलको लम्बाई १७.४६ मिलिमिटर लम्बाई रहेको छ । आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका ४ हजार भन्दा बढी बिगाहा जग्गामा हजार्रौं किसानसँग सहकार्य गर्दै आएको छ । धान रोपाई अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको छ । आरजु राईस मिलले किसानको धानलाई मिलमा आईपुगेको २ दिनभित्रै अनलाईन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको छ । यसको अधिकारिक मूल्य आइतबार तोकिनेछ, अहिलेलाई २०० भन्दा कम, लगभग १७५ प्रतिकिलो हाराहारीमा पर्ने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *