यो सरकार केही महिनामा ढल्छ ः भण्डारी

नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मिलेर सरकार चलाउने विषयमा कांग्रेस र एमालेबीच गृहकार्य भइरहेको बताएका छन्। नेता भण्डारीले देशलाई राजनीतिक स्थायित्व दिन र विकास निर्माणका कामलाई अघि बढाउन कांग्रेस र एमालेले सहकार्य गर्नुपर्ने बारे छलफल भइरहेकाले वर्तमान सरकार धेरै नटिक्ने बताएका हुन्। उनले केही महिनामै वर्तमान सरकार ढल्ने दाबी गरे।

केही महिनाभित्रै नेपाली काग्रेस र नेकपा एमाले बीचमा गठवन्धनको नयाँ सरकार बन्छ, यो सरकार आफ्नै कारण हनिमुन पिरियड नसकिँदै ढल्छ । स्थिर सरकारका कारण जनतालाई सेवा प्रवाहमा कठिनाइ भएको र विभिन्न तत्वहरूले खेल्ने मौका पाएकाले कांग्रेस र एमाले मिलेर सरकार चलाउन आवश्यक रहेको पनि भण्डारीले बताए। ‘पछिल्नो समय नेपाली राजनीतिमा केही डरलाग्दा परिदृष्यहरु देखा परिरहेका छन्, नेता भण्डारीले भने ‘ त्यसका लागि दुई ठूला राजनीतिक शक्तिका बीचमा कार्यगत एकता कायम गरी त्यसखालका परिदृष्यलाई परास्त गर्न जरुरी छ। नेपाली काग्रेस र नेकपा एमाले फरक राजनीतिक विचारबाट प्रभावित भएपनि सरकार संचालन गर्न र जनतालाई सेवा प्रवाह गर्ने सवालमा सहकार्य हुने उनको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *