शक्तिशालीको किर्ते किर्ते नै हुन्छ ः थापा

काठमाडौं । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका छन् । उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै उनले कानुनको शासनभन्दा माथि कोही पनि नहुने उल्लेख गरे । उनले प्रश्नभन्दा माथि कोही नरहेको धारणा व्यक्त गरे । कानुनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्नभन्दा माथि कोही छैन । प्रश्नभन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्नभन्दा माथि कुनै नेता छैन, उनले भने, प्रश्नभन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन् । कोही पनि प्रश्नभन्दा माथि छैनन् । कोही पनि कानुनभन्दा माथि छैन । सर्वसाधारणले गरेको ठगी जस्तै ‘शक्तिशाली’ले गरेको पनि ठगी नै हुने उनले बताए । शक्तिशालीलाई छुट दिन नहुनेमा उनको जोड छ । शक्तिशालीले गरेको किर्ते पनि किर्ते नै हुने उने बताए । यदि, एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो । यदि, सर्वसाधारणले गरेको कुनै काम किर्ते किर्ते हुन्छ भने शक्तिशालीले गरेको किर्ते पनि किर्ते नै हुन्छ । उनले थपे, भ्रष्टाचार कांग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ ।

माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ । नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कांग्रेसले देशको उद्योगधन्दा बेचेर खाएको आरोप लगाइएको उल्लेख गरे । कम्युनिस्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन उनले चुनौती दिए । उनले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिस्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गरे । सरकारले उद्योगधन्दा गर्ने नभई निजी क्षेत्रले गर्नेमा कम्युनिस्टहरू जानकार रहेकाले पनि खोल्न नसक्ने उनको भनाइ थियो । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस् । जुत्ता, रक्सी, सिमेन्ट, कपडा खोल्नुस्, एउटा खोलेर देखाओस् ल, उनले भने, तपाईंहरूको हातमा डाडुपन्यु छ, खोल्नुस् । उहाँहरूले खोल्नु हुन्न । उहाँहरूलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ । महामन्त्री थापाले ०८१ साललाई कांग्रेसको पुनर्जागरणको वर्ष बनाउनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *