फ्रेन्डसिप कपको फाइनलमा गुजरातलाई नेपालको १७७ रनको लक्ष्य

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्टिय क्रिकेट टिमले गुजरात क्रिकेट एसोसियसनलाई १७७ रनको लक्ष्य दिएको छ ।

जारी फ्रेन्डसिप कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्बाधिक ७४ रन बनाए भने आसिफ सेखले ३४, कुशल भुर्तेल १९, दिपेन्द्र सिंह ऐरी ७, कुशल मल्ल ३१, र सन्दीप जोराले ७ रन बनाएका थिए ।

त्यस्तै गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले १–१ विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *