फ्रेन्डसिप कपको फाइनलमा नेपालले आज गुजरातसँग खेल्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ ।

गुजरातको भापिमा हुने यो खेल दिउँसो १: १५ बजेदेखी शुरु हुनेछ । सिरिजको सुरुवाती खेलबाटै नेपालले गुजरातलाई पहिलो खेलमा ८ विकेट र दोस्रो खेलमा ८ रन ले पराजित गरेको थियो भने बरोडालाई एक खेलमा २७ रनले हराएको थियो भने अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

नेपाल ४ खेलमा ३ मा जित १ मा हारसहित शीर्षस्थानमा रहेको छ । गुजरात ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । गुजरातले भने बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा पुगेको हो ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा उक्त खेल खेलेको हो । नेपाल यो खेल सकाएर भारतबाटै ओमान जानेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *