बस्नेतविरुद्धको बलात्कार उजुरी सरकारी वकिल र प्रहरीमा

काठमाडौं । प्रहरीले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथिको जाहेरी दर्ता गरेको छ । एक महिलाले आफूमाथि बलात्कार भएको दाबीसहित बस्नेतविरुद्ध हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । सोही जाहेरीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

प्रहरी र सरकारी वकिल कार्यालय र हामीलाई हुलाकमार्फत एउटै प्रकृतिको उजुरी आएको छ । हामी अनुसन्धान गर्दैछौँ । हुलाक मार्फतको उजुरी फिर्ता हुने भन्ने होइन । दर्ता नै भन्न पनि मिल्दैन । अनुसन्धान गरेर के देखिन्छ, त्यही अनुसार हुन्छ । ती महिलाले आफूमाथि बस्नेतले काठमाडौं बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमासमेत बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *