गण्डकी मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेस सर्वोच्च अदालत जाने

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध सर्वोच्च अदालत जाने भएको छ । आज (सोमबार )बिहान बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले गण्डकी सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय गरेको हो ।

आज (सोमबार) सार्वजनिक बिदा भएकाले भोलि सरकार गठनविरुद्ध अदालत जाने निर्णय भएको बैठकमा सहभागी नेताले बताए । सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पु¥याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ ।

गण्डकीमा सभामुखको हस्ताक्षरसहित आइतबार नेकपा (एमाले) बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । त्यहाँ सरकार बनाउन ३१ बहुमत सांसद आवश्यक पर्छ । तर, सत्ता गठबन्धनले सभामुखको हस्ताक्षरसहित ३१ जना बहुमत पु¥याएपछि कांग्रेस अदालत जाने भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *