कांग्रेसले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले आज बसेको संसदीय दल कार्यसमितिको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । पार्टीले नेतृ विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । पुडासैनी माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि आज संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *