प्रभु बैंकले डाक्यो २२औं वार्षिक साधारण सभा

काठमाडौं । प्रभु बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा बैंकको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गतेका दिन काठमाडौं बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा बोलाएको छ । उक्त सभामा आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सञ्चालकहरूको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०७९।८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *