रविले नैतिकताको आधारमा पदमा बस्न मिल्दैनः कोइराला

काठमाडौं । मंगलबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छन् । उनले सहकारीको ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताको आधारमा पनि सो पदमा बस्ने नमिल्ने टिप्पणी गरे ।

आफूमाथि लागेको आरोपको छानविनबाट स्पष्टिकरण पाए उनी फेरि मन्त्री बन्नसक्ने नेता कोइरालाको भनाइ थियो । उनले २०४६ सालपछिको सबै घोटाला काण्डको छानविन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरुको कुनै आपत्ति नरहेको बताए । नेता कोइरालाले संसदमा उच्चस्तरीय छानबिन समिति बनाएर विगतमा भएका सबै घोटालाहरुको छानबिन गर्न उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *