धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरूको कार्यायोजना प्रस्तुत गर्ने तालिका सरेको छ । मन्त्रालयबाट अर्को सूचना जारी नभएसम्म बिहीबार (भोलि) हुने भनिएको कार्ययोजना प्रस्तुतिको मिति स्थगित भएको सर्टलिस्टमा परेकाहरूलाई जानकारी गराइएको हो । छनोट समितिका सदस्यहरूको कार्य व्यस्तताका कारण प्रस्तुतीकरणको मिति सारिएको जानकारी मन्त्रालयले आफूलाई दिएको एक प्रतिस्पर्धीले जानकारी दिए ।

बोर्डको अध्यक्षका लागि चीरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ, नवराज अधिकारी र कृष्णबहादुर कार्कीको नाम सर्टलिस्टमा परेको छ । कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत हुन् भने अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । त्यसैगरी चापागाईं बिमा समिति का पूर्वअध्यक्ष हुन् । त्यस्तै, सन्तोषनारायण श्रेष्ठ भने व्यवसायीहरूको प्रतिनिधित्व गरेर बोर्डको अध्यक्ष हुने लाइनमा रहेको स्रोतको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *