सानिमा जीआईसीको छैठौं वार्षिक साधारण सभा, २५ प्रतिशत हकप्रद सेयर पारित

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । यससँगै कम्पनीले चुक्ता पुँजी २ अर्बको २५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । उक्त सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९।०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न उक्त सभामा आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने नेपाल वित्तीय प्रतिवेदनमा ९एनएफआरएस० बमोजिमको वित्तीय विवरण पारित भएको छ । त्यसैगरी, आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गरिएको छ । साथै, कम्पनीले आगामी दिनमा व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *