कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउने भएका छन् । बैंकले कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिदा ०.२५ प्रतिशत छुटसमेत दिने भएको छ ।

कुमारी स्मार्टमार्फत घरमै बसेर संसारको जुन कुनाबाट पनि तुरुन्तै लिन सकिने बताइएको छ । कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको पनि जानकारी गराइएको छ । कुमारी बैंकले ३०२ शाखा, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ६७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *