सुन्तला राष्ट्रिय फल घोषणा

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

आज (शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको हो । सुन्तला बिशेषगरी नेपालको रैथाने फल पनि हो । सुन्तला उत्पादनका लागि नेपालमा केही प्रसिद्ध ठाउँहरुपनि छन् गोरखा सुन्तलाको प्रमुख क्षेत्र मानिन्छ भने हाल नेपालको प्रायः ठाउँमा सुन्तला उत्पादन हुँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *