कतारका राजा अमीर नेपाल आउँदै

काठमाडौं । कतारका अमिर शेख तामिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । उनी यहि बैशाख ११ र १२ गते नेपाल भ्रमणमा आउने भएका हुन् ।

थानीले नेपालको भ्रमण गर्ने र त्यस क्रममा दुई देशबीच “ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने” नेपाली अधिकारीहरूले बताएका छन्। यसअघि गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो ।

कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले इतिहासमै पहिलोपटक खाडी मुलुकबाटै राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको बताए । भ्रमणका क्रममा अमीरले राष्ट्रपति रामचन्द्र पौडेल लगायत अन्य उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा विभिन्न ११ वटा सम्झौता गर्ने तयारी समेत भएको उनले बताए ।

कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *