काठमाडौंको सुरक्षा जिम्मा सरकारले लिन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं चलायमान सहर भएको बताएका छन् ।

हिजो ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला भएको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जतिखेर पनि, जहाँ पनि सुरक्षित भएर मानिसहरु आवतजावत गर्न सक्ने बताए थिए । आफू पनि परिवारसहित ठमेल आएको भन्दै उनले परिवारसहित सबैले घुम्ने वातावरण बन्ने बताए । महिलाहरु समेत सुरक्षित हुने गरी र स्थानीयको माग सम्बोधन हुने गरी सरकार अगाडि बढेको उनले बताए । ‘यहाँ आमाको निन्द्रा पनि छ । छोराछोरीको सपना पनि छ,’ गृहमन्त्री लामिछानेले भने । पोखरा लगायतका सहर २४ सै घण्टा खुला भइसकेको उल्लेख गर्दै गृहमन्त्री लामिछाने काठमाडौंमा पनि यसको सुरुवात भएको बताए । काठमाडौंबाट सिकेर देशका अन्य सहरहरु पनि खुला हुने उनले बताए ।

उनले भनेका छन्, ‘बाचा गर्न चाहन्छु- यहाँ आउने हरेक नागरिक चाहे विदेशी हुन्, चाहे स्वदेशी हुन्, सबै समान छन्, सबै सुरक्षित छन् । यसको जिम्मा नेपाल सरकारले लिन्छ । गृह मन्त्रालयले लिन्छ । नेपाल प्रहरीले लिन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *