सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई विहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ । सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् । 

यसअघि सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए भने प्रदेश प्रमुखले दिएको समयलाई मध्यनजर गर्दै सोडारीले एमालेको समर्थन् पछि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *