प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दै

काठमाडौं । जारी एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल आज हुदै छन् । ओमानमा जारी पहिलो सेमिफाइनल खेलमा आज नेपालले युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा हुनेछ ।

समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा र युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालका लागि रोहित पौडेल र युएईका लागि मोहम्मद वासिमले कप्तानी गर्नेछन् । एसिसियट्स राष्ट्रिहरु मध्यमा दुबै देशलाई शक्तिशाली राष्ट्रिको रुपमा हेरिन्छ सोहि कारण पनि खेल रोमाञ्चक रहने छ ।

यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *