लुम्बिनीका मन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरले शनिबार पदबाट राजीनामा दिएका हुन् ।

लुम्बिनीमा जसपालाई २ मन्त्रालय दिने सहमति भएको थियो । तर, अहिरले मात्रै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्री जोख बहादुर महराले २ जना मन्त्रालय दिने लिखित सहमति गरेर कार्यान्वयन नगरपछि सरकारबाट फिर्ता हुने निर्णय भएको बताए । सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने उनले बताए ।

मुख्यमन्त्री र गठबन्धनका दल हरुले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्मविपरीत गएकाले नैतिकता सिकाउन आफूहरु सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए ।

ttt
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *