अर्थसचिवको जिम्मेवारी मधु मरासिनीलाई

काठमाडौं ।  सरकारले सचिव मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो ।

मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको थियो । अर्थ मन्त्रालयको लामो अनुभव सँगालेका मरासिनी यसअघि पनि अर्थ मन्त्रालयको सचिव भइसकेका छन् ।  सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ ।

तत्कालीन वाणिज्य सचिव रहेका बेला मरासिनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । शुक्रबार विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *