ग्रीन डेभलपमेन्टका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले बैशाख १० गते नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक बिना ढकाल पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । अध्यक्ष श्रेष्ठ २०८० चैत २७ गते सम्पन्न भएको ग्रीन डेभलपमेन्ट बैंकको दशौं तथा एघारौं संयुक्त साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।

कार्यक्रममा ग्रीन डेभलपमेन्टलाई अहिलेको अवस्थासम्म पुर्याउन नेपाल राष्ट्र बैंकले पुर्याएको सहयोगको विशेष स्मरण गर्दै उनले बैंकिङ्ग क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए । श्रेष्ठले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्रीन डेभलपमेन्टलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *