सुरक्षाका अन्य विभिन्न विकल्पहरु ह्वाट्सएपमा उपलब्ध

डिजिटल युगमा प्राइभेसी एउटा महत्वपूर्ण तथा बहुसरोकारित विषय बनेको छ । डिजिटल गोपनीयतालाई सुरक्षित राख्नु आजको समयको सबैभन्दा चुनौतिपूर्ण तथा कठिन काम हो । लोकप्रिय च्याटिङ प्लाटफर्म ह्वाट्सएपको प्रयोग धेरै मानिसहरुले गर्दछन् । त्यसैले यो मेसेजिङ एपमा गोपनीयताको विषय करोडौँ मानिसको चासोको विषय बन्ने नै भयो । उसैपनि ह्वाट्सएपलाई सबैभन्दा सुरक्षित मेसेजिङ एप भनिन्छ र यसमा प्रयोगकर्ताको गोपनीयता बलियो बनाउनका लागि विभिन्न विकल्पहरु उपलब्ध छन् । ह्वाट्सएपमा तपाईंसँग को–को जोडिन सक्छ, कसले तपाईंको व्यक्तिगत विवरणको जानकारी प्राप्त गर्नसक्छ भन्ने कुराका साथै सुरक्षाका अन्य विभिन्न विकल्पहरु ह्वाट्सएपमा उपलब्ध छन् ।
ह्वाट्सएपमा प्राइभेसी चेकअप फिचरको प्रयोग कसरी गर्ने ?
सबैभन्दा पहिले ह्वाट्सएपको सेटिङमा जानुहोस् र‘ प्राइभेसी’ अप्सन छान्नुहोस् त्यसपछि start checkup मा क्लिक गर्नुहोस् अनि प्रयोगकर्ताले त्यहाँ आफ्नो प्राइभेसी सेटिङ्सलाई कस्टमाइज्ड गर्न सक्दछन् । ह्वाट्सएपमा तपाईंसँग को जोडिन सक्दछ भन्ने कुरा नियन्त्रण गर्ने विकल्प उपलब्ध छ । यो फिचरका माध्यमबाट तपाईंले आफ्नो ह्वाट्सएपमा कसलाई जोड्ने भन्ने कुरा तय गर्न सक्नुहुन्छ । आफ्नो रुचिको हिसाबले विकल्प चुनिसकेपछि तपाईंले नचाहिने मेसेज तथा कलहरु व्यवस्थापन गर्न सक्नुहुन्छ । साथै तपाईंलाई कुन ह्वाट्सएप ग्रुपले जोड्न सक्छन् भन्ने कुरा पनि नियन्त्रण गर्न सक्नुहुन्छ । ह्वाट्सएपको यो फिचरको सहयोगले तपाईंले आफ्नो निजी जानकारीहरु क–कसले हेर्न सक्दछ भन्ने कुरा पनि निर्धारण गर्न सक्नुहुन्छ । साथै तपाईंको अनलाइन स्टेटस, प्रोफाइल फोटो तथा last seen को विवरण कसले हेर्न पाउँछ भन्ने कुरालाई तपाईंले तय गर्न सक्नुहुन्छ । ह्वाट्सएपमा प्रयोगकर्तालाई कतिवटा मेसेज तथा मिडिया फाइलहरुलाई पहुँच दिने भन्ने कुरा तय गर्ने विकल्प पनि उपलब्ध हुन्छ । साथै नियमित अन्तरालमा एण्ड टु एण्ड एन्क्रिप्टेड ब्याकअप पनि लिन सक्नुहुन्छ । ह्वाट्सएपमा अकाउन्टलाई सुरक्षित राख्नका लागि विभिन्न विकल्प उपलब्ध छन् । प्रयोगकर्ताले फिंगरप्रिन्ट लक तथा टु–स्टेप भेरिफिकेसनका माध्यमबाट जो कोहीको अवैध पहुँचलाई रोक्न सक्दछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *