कतारका अमिर थानीलाई २१ तोपको सलामी सहित नेपालमा स्वागत (तस्विरहरु)

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।

उनलाई सेनाको सलामीसहित सम्मान गरिएको थियो । बङ्गलादेशको भ्रमण सकेर अमिर काठमाडौँ आएका हुन् ।  अमिरले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

कतारका राजाले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो । उनी बुधबार फर्किनेछन् ।

तस्विरहरु

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *