खगेन्द्रप्रसाद र रुद्रकली कतारी अमिरलाई उपहार दिइने

काठमाडौँ । नेपाल भ्रमणमा आज आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ ।

कतारका राजा थानी आज (मंगलबार) अपराह्न नेपाल आइपुग्ने खबर आएको छ । सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ र पोथी छावा ‘रुद्रकली’ दिने तयारी गरिएको छ । मङ्गलबारदेखि हुने कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका दुई हात्ती उपहार दिने तयारी गरिएको हो ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । सोहि अबसरमा नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *