ज्ञानेन्द्रको टिप्पणी- बिदेशीको गुलामी कति गर्छौ, आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सल्लाह दिएका छन् ।

आज विहान सामाजिक सञ्जालमा टिप्पणी गर्दै शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउदा सार्बजनिक बिदा दिएको भन्दै तपाइँ र अरु नेतामा के फरक छ ? भन्ने प्रश्न गरेका छन् । उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्बजनिक बिदाप्रति यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा गृहमन्त्री लामिछानेले राजनितिमा आउँनु अघि गरेको पोस्टलाई लक्षित गर्दै लेखेका छन-

माननीय रबि लामिछाने ज्यु हिजोंका दिनहरुमा तपाईंले जनताको आवाज उठाउदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्बजनिक बिदाँ दिनुभएछ अब भन्नुहोस् तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *