सहकारी पीडितको पैसा जसरी पनि फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेका जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् ।

इलामको चुलाचुलीमा आज (मंगलबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने दावी गरे । ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ,’ उनले भने, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ । यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ। ’

रास्वपाका सभापति लामिछानेले पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरेका छन् । अहिलेसम्म जस–जसले जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै उनले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी पनि गरे । मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै सचेत रहन आग्रह पनि गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *