बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ ।

बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो । निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो । बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ ।

शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *