ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सूचीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंकको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस सेयर सूचीकृत भएको छ । बैंकको १ प्रतिशत बोनस वापत ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको गत मंसिर २८ गते सम्पन्न भएको १७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *