बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता

काठमाण्डौं । तेस्रो लगानी सम्मेलनमा डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको छ । बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् । मुम्बईस्थित हिरानन्दानी समूहले मुम्बई, बैंङलोर, चेन्नई, र हैदराबादमा ठूला रियल इस्टेट विकास गरेको छ । यसका साथै, समूहले स्वास्थ्य, शिक्षा, ऊर्जा र सेवा क्षेत्रमा आफनो लगानी विविधीकरण गरेको छ । सन् २०२० मा यो समूहले योट्टा इन्फ्रास्ट्रक्चर नामक सहायक कम्पनी सुरु गरेको थियो ।

मुम्बइस्थित इन्टिग्रेटेड योट्टा डाटा सेन्टर पार्क (योट्टा एनएमवान) विश्वको दोस्रो ठूलो डाटा सेन्टर हो । हिरानन्दानी समूहको योट्टा डाटा सर्भिसले नेपालमा पनि बसन्त चौधरीको बिएलसी होल्डिङससँग मिलेर ३ अर्ब रुपैयाँमा डाटा सेन्टरमा लगानी गर्न लागेको हो । यसको समन्वय नेपाल उद्योग परिसंघले गरेको हो । बसन्त चौधरी नेपालका प्रतिष्ठित व्यवसायी हुन् । उनले स्थापना गरेको नर्भिक अस्पताल हस्पिटल क्षेत्रमा प्रख्यात छ । ‘हामीले डेटा उद्योगमा संभावना देखिरहेका थियौं, विश्वकै दोस्रो ठूलो डाटा सेन्टर सञ्चालन गरिरहेको हिरानन्दानी समूहसँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *