राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले एकै ठाउँमा उभिनुपर्छ: नेता कोइराला

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले लगानी सम्मेलनबाट अपेक्षा गरिएअनुसारको लगानी नआउने बताएका छन् ।

सोमबार झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित ‘वीपी स्मृति भवन’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । राजनीतिक स्थायित्वबिना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने समेत उनले बताए ।

‘कुनै पनि देशले लगानी गर्नुपूर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ,’ उनले भने, ‘ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रिन्छ ।’ अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको उनको जिकिर छ । ‘यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व हुँदैन । राजनीतिक स्थायित्वबिना आर्थिक विकाससमेत हुँदैन,’ उनले अगाडि भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *