लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौं । लागुऔषध कारोबारीलाई झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको छ । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा उनलाई पक्राउ गरिएको पुष्टि गरे । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कुमरखोदमा उनले लागुऔषध कारोबार गर्न लागेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो । ‘

लामो समयदेखि उनी त्यसक्षेत्रबाट लागुऔषध ओसारपसारमा संलग्न थिए’, केसीले भने, ‘त्यसक्रममा सर्भिलेन्समा राखिरहेका बेला एउटा घरमा डिल हुन लागेको सूचना थियो । घरमा गएर जाँच गर्न थालेपछि उनले खुकुरी लिएर प्रहरीलाई आक्रमण गर्न खोजेको एसपी केसीले बताए । त्यसक्रममा प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको हो । घाइते आलमलाई प्रहरीले अस्पतालतर्फ ल्याउँदैछ । गएराति वीरगञ्जमा पनि प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक बब्लु पासवानलाई पक्राउ गरेको थियो । उनी काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद हत्यामा संलग्न आरोपी समेत हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *