गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिबीच सम्झौता

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेड र (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिबीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई गरिमा विकास बैंक लिमिटेडले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश राजभण्डारीले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.बाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंक लिमिटेडबाट आधार दरमा नै अधिकतमा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन ।

ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन । सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *