रास्वपाको पराजयपछि नेता खतिवडाको टिप्पणी- चटेकहरु विस्तारै साइडमा आए

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले रास्वपाले उपनिर्वाचनमा पराजय व्यहोरेपछि चटकेहरु साईड लागेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगको संसदीय समितिहरुको छलफलपछि मिडियाकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ, त्यो भनेको एमाले र कांग्रेस स्थापित भएका छन् । अहिले चटेकहरु विस्तारै साइडमा आएका छ्न । ०८४ को निर्वाचनसम्म चटकेहरु ठीक हुन्छन् ।’

सरकारले अध्यादेश ल्याएर संसद् र संसदीय समितिहरुलाइ बाइपास गर्ने काम गलत भएको उनको टिप्पणी छ । यही बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरीणामबारे विश्लेषण सुनाउँदै उनले यसले अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगान लगाईदिएको टिप्पणी गरे ।

उनले भने,‘नेपालमा राजनीतकि गरेका दुई वटा पार्टीहरु नेपाली कांग्रेस र एमाले नै मेन स्ट्रिमका पार्टी हुन भन्ने कुरा अहिलेको मतपरिणामले देखाएको छ । हिजो हामी गठबन्धनमा थियौं, थोरै मतले हारेका थियौं । अहिले गठबन्धनले जितेको छ । इलामको मतमा हामी धेरै कमजोर भएको छैनौं ।’

उनले इलामको उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भएको हो वा होईन भन्नेबारे पार्टीभित्र छलफल गरिने जनाए । इलाममा एमालेले महागठबन्धन बनाएर जितेको र आफ्नो दल एक्लै लड्दापनि सम्माजनक भोट ल्याएको खतिवडाको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *