नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी गर्ने ४ जना पक्राउ

वीरगन्ज । नबिल बैंकको वीरगन्ज शाखाबाट रकम चोरी गर्नेहरू पक्राउ परेका छन् । पर्सा प्रहरीले १ करोड ३४ लाख रुपैयाँ चोरी गर्ने ४ जनालाई पक्राउ गरेको हो । उनीहरूमध्ये ३ जनालाई नेपालबाट र १ लाई भारतबाट पक्राउ गरिएको हो । उनीहरूले सोमबार बिहान बैंकको पैसा राख्ने स्टिलको दराज (भल्ट) फोडेर पैसा चोरेका हुन् । प्रहरीले सीसीटिभी फुटेजका आधारमा पक्राउ गरेको जनाएको छ ।

उनीहरूले सुन गाल्ने केमिकल प्रयोग गरि भल्ट फुटाएका थिए भने गेटमा नयाँ लगाइदिएका थिए । उनीहरूले बिरगंजकै एक होटल बुक गरि बसेर बैंक फोडेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ पर्नेहरूमा छोटेलाल जैसवाल, सञ्जय जैसवाल र भारतीय नागरिक मन्टु पासवान रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *