राष्ट्रपतिलाई बुझायो निर्वाचन आयोगले उपनिर्वाचनको परिणाम

काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको छ ।

आज बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् । १५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।

इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *