आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टिम आज वेष्टइण्डिज प्रस्थान गर्दै

काठमाडौँ । आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीवार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेकोमा १२ जनाको टोली आज त्यसतर्फ जान लागेका हुन् । आज दिउँसो जाने टोलीमा कप्तान रोहित कुमार पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने रहेका छन्।

वेष्टइण्डिजमा नेपालले ५ दिन अभ्यास गर्नेछ । त्यसपछि नेपाली क्रिकेट टोली अमेरिका जानेछ। टिममाका रहेका अन्य ७ जना खेलाडीसहित ४ जना अफिसियल शनिवार राति नै कतार हुँदै वेष्टइण्डिज गइसकेका छन् । शनिवार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ थिए वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलामा ३–२ को हारपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली शनिबार आइसिसी ट्वान्टी–२० विश्वकप यात्रामा निस्किएको हो ।

आउँदो जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकप हुँदैछ। १० वर्षपछि दोस्रोपल्ट नेपाल विश्वकपमा सहभागी हुन लागेको हो।

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *