चण्डेश्वरी साकोसका सदस्यलाई शिपमुलक तालिम

बनेपा । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य÷सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका वडा ४ कार्यालयको समन्वयमा बैसाख २१ बाट १० दिने निःशुल्क वातावरणमैत्री झोला व्याग बनाउने तालिमको संचालन भएको छ । उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख यज्ञबहादुर ओलीको सभापतीत्वमा सुरु भएको सो उदघाट्न कार्यक्रमको प्रमुख अतिथिमा बनेपा वडा ४ का वडा अध्यक्ष श्यामशुन्दर श्रेष्ठ उपस्थीत रहनुभएको थियो ।

चण्डेश्वरी साकोसका तर्फबाट संस्थाका प्रमुख सल्लाहकार बिकास बादेमार्फत तालिममा उपस्थीत सम्पुर्णलाई स्वागत मन्तव्य मार्फत स्वागत गरिएको थियो । संस्थामा आबद्ध शेयर सदस्यहरुको शिप बिकास गरि उद्यमशिलतातर्फ बढन तथा जिवनस्तर बिकास गर्ने उद्धेश्यका साथ सो तालिम कार्यक्रमको संचालन भएको हो । वातावरणमा प्रभाव पार्ने प्लाष्टिकजन्य झोलाले वातावरणमा प्रभाव पार्ने र प्लास्टिकका झोला बिस्थापीत गर्नका लागि सोको बिकल्प नभई नहुने र कपडाको झोला सोको लागि उच्चतम बिकल्प रहेको उद्योग तथा बाणिज्य कार्यालय प्रमुख ओलीले बताउनु भयो । साथै बिषेश अतिथि श्रेष्ठले आफ्नो मन्तव्य मार्फत सिकेका शिपको परिचालन गरि आफैबाट सुरु गर्नुपर्छ । आफुले कपडाको झोला प्रयोग गर्न सकेमात्र अरुलाई उत्पे्ररित गर्न सकिने बताउनुभयो । साथै शिप सिकेर मात्र नहुने सोको प्रयोग गरि आफ्नो जिवनस्तर उकास्न पनि अभिप्रेरित गर्नुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *